images

Sep 29 2026 | २०८३, असोज १३ गते

दोस्रो खेल जित्न नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

दोस्रो खेल जित्न नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • दोस्रो खेल जित्न नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

    काठमाडौं । वेष्ट इण्डिज ‘ए’ले  नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।  टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो।   

    नेपालका लागि  सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले नै एकएक विकेट लिए। ​

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल भइरहेको छ।  ​यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो।  आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।

    यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।

    यसअघि नेपाल र वेस्ट इन्डिजले एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट