images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित

नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख १६ २०८१
  • नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित

    काठमाडौँ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग दोस्रो टी-२० मा घरेलु टोली १० रनले पराजित भएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले नौ विकेटको क्षतिमा १५० रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन बनाए। उनले ४८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।

    त्यस्तै, नेपालका लागि गुल्सन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

    वेस्ट इन्डिजका लागि ओबेड म्याकवे र गुडाकेस मोटिईले दुई-दुई तथा ओसेन थोमस र रोस्टोन चेसले एक-एक विकेट लिए।

    यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा १६० रन बनाएको थियो। वेस्ट इन्डिजका लागि एन्ड्रे फ्लेचरले ४६, गुडाकेस मोटिईले ३३, रोस्टोन चेसले २३, जोनसन चार्ल्सले ११ र केइसी कार्टीले १० रन बनाए।

    नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले दुई-दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

    यसअघि शनिबार भएको पहिलो खेल नेपालले जितेको थियो। अर्को खेल बुधबार दिउँसो १ बजे शुरू हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट