images

Sep 29 2026 | २०८३, असोज १३ गते

टी२० क्रिकेट विश्वकपमा २० अम्पाएर ६ म्याच रेफ्री (सूची)

टी२० क्रिकेट विश्वकपमा २० अम्पाएर ६ म्याच रेफ्री (सूची)

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख २१ २०८१
  • टी२० क्रिकेट विश्वकपमा २० अम्पाएर ६ म्याच रेफ्री (सूची)

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागी हुने म्याच अफिसियलको नाम सार्वजनिक गरेको छ।  आईसीसीले शुक्रबार सार्वजनिक गरेको सूचीमा २० जना अम्पाएर र ६ जना म्याच रेफ्री छन्। पहिलो पटक २० टोली सहभागी हुन लागेको विश्वकपमा २८ दिनमा ९ स्थानमा कुल ५५ खेल हुनेछ।  अम्पाएरहरुको एलिट सुचीमा गत वर्षका आईसीसी अम्पाएर अफ दि इयरका विजेता डेभिड शेफर्ड ट्रफीका विजेता रिचर्ड इलिंगवर्थसँगै कुमार धर्मसेना, क्रिस गफानी र पल रिफेल छन्। 

    म्याच रेफ्रीहरुमा रञ्जन मदुगलेका साथै टी–२० ढाँचाका अनुभवी रेफ्री जेफ क्रो छन्। क्रोले टी–२० आइमा १ सय ७५ खेलमा कीर्तिमान कायम गरेका छन्। त्यस्तै डेभिड बुन, एन्ड्रयु पाइक्राफ्ट, रिची रिचर्डसन र जाभागल श्रीनाथ छन्।  

    टी–विश्वकप २०२४ का अम्पाएरहरु

    क्रिस ब्राउन, कुमार धर्मसेना, क्रिस गफानी, माइकल गफ, एड्रियन होल्डस्टक, रिचर्ड एलिंगवर्थ, अल्लाउडियन पालेकर, रिचर्ड केटलबरो, मयरामन मदनगोपाल, नितिन मेनन, साम नोगाज्स्की, अहसान रजा, रशिद रियाज, पाल रिफेल, लाइंग रुइफेल, ल्या«टोन रुसेरा, साहिद साइकेद, रोडनी टकर, एलेक्स वार्फ, जोयल विल्सन र आसिफ याकुब 

    म्याच रेफ्री
    डेभिड बुन, जेफ क्रो, रञ्जन मदुगल, एन्ड्रयु पाइक्राफ्ट, रिची रिचर्डसन र जाभागल श्रीनाथ

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट