images

Sep 29 2026 | २०८३, असोज १३ गते

टी–२० विश्वकप  : नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

टी–२० विश्वकप  : नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
  • टी–२० विश्वकप  : नेपालले आज क्यानडासँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

    औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ ।

    नेपाल र क्यानडाबिचको अभ्यास खेल डालासमा खेलिने छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ । टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट