images

Sep 29 2026 | २०८३, असोज १३ गते

वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
  • वर्षा नरोकिएपछि नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

    काठमाडौँ । आईसीसी टी२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ। 

    आईसीसीले नेपाल र अमेरिकाबीचको खेल बिहीबार खेलाउने तय गरेको थियो। तर भारी वर्षा भएपछि खेल रद्द भएको हो।

    डालासको ग्रान्ड प्रेरी मैदानमा टस समेत भएको थियो। जसमा घरेलु टोली अमेरिकाले जितेर ब्याटिङ रोजेको थियो। त्यसपछि भारी वर्षा शुरू भयो र खेल स्थगित गरियो।

    ४५ मिनेटपछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो। हटाएलगत्तै पुनः वर्षा शुरू भयो। त्यसपछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे।   

    पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो। विश्वकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेल जुन ४ मा नेदरल्यान्डसँग खेल्नेछ। उक्त खेल सोही मैदानमा हुनेछ। 

    दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ। नेपालले समूह चरणमा बांग्लादेश र दक्षिण अफ्रिकासँग भने वेस्टइन्डिजमा खेल्नेछ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट