images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसदमा रास्वपाका सांसद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसदमा रास्वपाका सांसद

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसदमा रास्वपाका सांसद

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुगेका छन् ।

    आईसीसी टी-२० विश्वकपमा आज नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । राष्ट्रिय टोलीलाई समर्थन गर्दै रास्वपा सांसदहरु जर्सी लगाएर बैठकमा पुगेका हुन् ।

    सांसद निशा डाँगीले खेलकुदको विश्वमञ्चमा नेपालको सशक्त चिनारी दिने अवसर पाएको बताएकी छन् । उनले राष्ट्रिय टोलीलाई शुभकामनासमेत दिइन् ।

    ‘नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमलाई यो उपलब्धिका लागि अत्यन्तै धेरै बधाई दिन चाहन्छु। तपाईँहरू निर्धक्क भएर खेल्नुहोस्, हामी सम्पूर्ण नेपाली नागरिक तपाईँहरूको साथमा छौँ। उत्कृष्ट प्रदर्शनको शुभकामना ! ’ उनले भनिन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट