images

Sep 29 2026 | २०८३, असोज १३ गते

क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्य लागि परेको पारसको आरोप

क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्य लागि परेको पारसको आरोप

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्य लागि परेको पारसको आरोप

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई बदनाम गराउन संघकै केही सदस्य सक्रिय रहेको आरोप लगाएका छन् ।

    उनीहरुले व्यक्तिगत लाभ र प्रायोजन हत्याउन कै लागि संघभित्रकै सदस्यले चलखेल गरेको दाबी गरेका हुन् ।
    खड्काले आज बिहान सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटलाई बदनाम गर्न सदस्यबाटै अनुचित चलखेल हुनु दुखद भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन् – ‘पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ ।’ उनले भनेका छन् । ‘कयौं चुनौती र कठिनाइलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका बीच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखदः हो ।’

    उनले आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानविन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने बताए ।

    खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपुर्वक काम गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो अवसर भएको उल्लेख गर्दै उनले क्रिकेटको विकासमा आफु समर्पित रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट