images

Sep 29 2026 | २०८३, असोज १३ गते

टी-२० विश्वकप : इंग्ल्यान्डलाई पराजित गर्दै भारत फाइनलमा

टी-२० विश्वकप : इंग्ल्यान्डलाई पराजित गर्दै भारत फाइनलमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १४ २०८१
  • टी-२० विश्वकप : इंग्ल्यान्डलाई पराजित गर्दै भारत फाइनलमा

    भारतले इंग्ल्यान्डलाई ६८ रनले हराउँदै टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ। भारत टी-२० विश्वकपमा १० वर्षपछि फाइनल प्रवेश गर्न सफल भयो। अब उपाधिका लागि जारी प्रतियोगितामा अपराजित रहेका दुई टोली भारत र दक्षिण अफ्रिका २९ जुनमा भिड्ने छन्। गुयनामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। जवाफमा इंगल्यान्ड २० बल बाँकी हुँदै १ सय ३ रनमा अलआउट भयो। यो जितसँगै भारतले अघिल्लो संस्करणमा सेमिफाइनलमा इंग्ल्यान्डसँगको हारको बदलासमेत लिएको छ।

    पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर तथा कप्तान रोहित शर्माले ५७ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, सूर्यकुमार यादवले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले २३ र रविन्द्र जडेजा १७ रनमा नटआउट रहे। अक्षर पटेल १० रन बनाएर पेभिलियन फर्किए। इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिँदा रेसी टोप्ली, जोफ्रा आर्चर, साम करन,अदिल रसिदले समान १-१ विकेट लिएका थिए।

    १ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड गतिलो प्रदर्शन गर्न असफल रह्यो। उसका लागि हयारी ब्रुक्सले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक जोस बटलरले २३ रन र जोफ्रा आर्चरले २१ रन बनाए। त्यस्तै लियम लिभिङस्टोनको ११ रन थप दोहोरो स्कोरका रुपमा रह्यो। इंग्ल्यान्डविरुद्ध कसिलो बलिङ गर्ने क्रममा अक्षर पटेल र कुलदीप यादवले ३-३ विकेट लिए। त्यस्तै जसप्रित बुमराहले २ विकेट हात पारेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट