images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर 

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २१ २०८१
  • प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर 

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साह छन् ।

    आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुटा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट