images

Sep 30 2026 | २०८३, असोज १४ गते

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न 

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १७ २०८१
  • ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न 

    काठमाडौँ । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्लोरी मिडियाको आयोजनामा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र १५ गते शनिवार उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

    सो अवसरमा ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले सभापतित्वको आसनबाट बोल्दै प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्ने जानकारी दिए।  

    ‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने । कार्यक्रममा प्रशिक्षकहरु होटल हायात रिजेन्सीका लर्निङ्गका एण्ड डेभलपमेण्ट म्यानेजर समेत रहेका आतिथ्य सत्कार विज्ञ विलास खत्री, अन्तराष्टिय कोरियोग्राफर रोजिन शाक्य र कम्प्युटर एशोसिएसन अफ नेपालका महासचिव एवं आईटी विज्ञ चिरन्जीवी अधिकारीले कार्यक्रम अवधि माझ दिईने प्रशिक्षण बारे प्रकाश पारेका थिए।  त्यसैगरि, ग्लोबल अनलाईन पेका सिईओ डेभिल सिंह राजपूतले भोटिङ्ग सेवाको विषयमा प्रकाश पारेका थिए । अभिमुखिकरण कार्यक्रममा अभिभावक एवं बालबालिका लगायतको सहभागिता रहेको थियो भने उनीहरुले आफ्नोतर्फबाट कार्यक्रम बारे जिज्ञासा समेत राखेका थिए । 

    नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरु यस कार्यक्रममा सहभागी हुँदैछन  । प्रतियोगिता अन्तर्गत १८ घण्टाको प्रशिक्षण, भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ट्यालेण्ट राउण्ड र त्यसको केही दिनमा ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाले जनाएको छ ।  

    प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट