images

Sep 29 2026 | २०८३, असोज १३ गते

रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ

रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ११ २०८१
  • रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ

    काठमाडौँ । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।

    काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट