images

Sep 29 2026 | २०८३, असोज १३ गते

यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य

यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १४ २०८१
  • यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
    काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ । 
     
    युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो । 
     
    श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए । 
     
    श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । 
     
    नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एकरएक विकेट हात पारे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट