images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाल प्रिमियर लिगमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित

नेपाल प्रिमियर लिगमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १७ २०८१
  • नेपाल प्रिमियर लिगमा चितवनको विजयी सुरुवात, काठमाडौं पराजित

    काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपिएल)अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

    काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

    चितवनका लागि सन्तोष कार्की र सदर भेषवाकरले पाँचौँ विकेटका लागि ४६ रनको अविजित साझेदारी गरे। कार्की २८ रनमा अविजित रहँदा भेषवाकरले ११ रनमा साथ दिएका थिए। उसका लागि लुक बेन्केन्स्टाइनले २२ रन जोड्दा हसन एइसाखिलले १२ र कुशल मल्लल र रभि बोपराले समान ११-११ रन बनाएका थिए। शाहब आलमले ३ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो। काठमाडौंलाई ध्वस्त बनाउन सोहील तनविर एक्लैले ५ विकेट लिए। उनीबाहेक रिजन ढकाल, कुशल मल्ल, अम्म रौटेला र लुक बेनकेन्स्टाइनले समान १-१ विकेट लिए।

    काठमाडौंका लागि सुमित महर्नजले २९ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक माइकल लेभिटले २५ रन बनाए। त्यस्तै शंखर रानाले १६ तथा डन दौथवाइटले १६ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट