images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपिएल : काठमाडौँलाई १५० रनको लक्ष्य

एनपिएल : काठमाडौँलाई १५० रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
  • एनपिएल : काठमाडौँलाई १५० रनको लक्ष्य

    काठमाडौँ । शिखर धवनको अर्धशतीय पारीको मद्दतमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । कर्णालीका लागि धवनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । 

    त्यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।  

    बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए । काठमाडौँले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट