images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १९ २०८१
  • एनपिएल : काठमाडौँद्वारा कर्णाली तीन विकेटले पराजित

    काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । एक सय ५० रनको विजयी लक्ष्य काठमाडौँले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा ग-यो । काठमाडौँ गुर्खाजका लागि सुमित महर्जनले अविजित ४० रन बनाए ।

    उनले ३७ बल खेल्दै तीन चौका र एक छक्का हाने । यस्तै जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिए । यसमा उनको तीन चौका र दुई छक्का सामेल थिए । यस्तै कप्तान करण केसीले १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाए । यसैगरी माइकल लेभिटले १९ बल खेल्दै दुई चौका र एक चौकासहित २२ रन बनाए । 

    बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए । 

    यसअघि कर्णाली याक्सका लागि एक सय ४९ रनको योगफल बनाउने क्रममा शिखर धवनले अद्र्धशतकीय पारी खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।  

    बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए । काठमाडौँले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । आजै अर्को खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट