images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपिएलः चितवनले दियो कर्णालीलाई एक सय ३१ रनको लक्ष्य

एनपिएलः चितवनले दियो कर्णालीलाई एक सय ३१ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २१ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २१ २०८१
  • एनपिएलः चितवनले दियो कर्णालीलाई एक सय ३१ रनको लक्ष्य

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स सामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो । 

    चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ/नौ र दीपक बोहोराले आठ रनको योगदान दिए । 

    शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त ग-यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक/एक विकेट हात पारे । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट