images

Sep 30 2026 | २०८३, असोज १४ गते

चितवन राइनोजलाई जितका लागि एक सय ६८ रनको लक्ष्य

चितवन राइनोजलाई जितका लागि एक सय ६८ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २५ २०८१
  • चितवन राइनोजलाई जितका लागि एक सय ६८ रनको लक्ष्य

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै  एक सय ६७ रनको योगफल तयार पारेको थियो ।

    लुम्बिनीका लागि रोहितकुमार पौडेलले  ५७ बलमा ६ चौका  र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका छन् ।

    चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट