images

Sep 29 2026 | २०८३, असोज १३ गते

एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

एभरेष्ट हेडलाइन्स
शनिबार, पुस ६ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, पुस ६ २०८१
  • एनपिएलः टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 
     
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।
     
    “पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ”, टस जितेपछि कप्तान ऐरीले भने, “हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।”
     
    सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
     
    उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
     
    जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट