images

Sep 29 2026 | २०८३, असोज १३ गते

विद्युतीय सवारी साधनको प्रमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

विद्युतीय सवारी साधनको प्रमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ३ २०८१
  • विद्युतीय सवारी साधनको प्रमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्छ : कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताएका छन् । 

    बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । 

    उनले यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएको बताए । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गर्दै उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको बताए । इप्पानको इभी र्‍यालीले अभियानलाई ठुलो सहयोग पुगेको उनको भनाइ थियो । 

    पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताउँदै उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने उल्लेख गरे । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको बताए ।  सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उनले उल्लेख गरे । 

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत् उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे। उनले सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट