images

Sep 29 2026 | २०८३, असोज १३ गते

अन्तरराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौँमा

अन्तरराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौँमा

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३० २०८१
  • अन्तरराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौँमा

    काठमाडौँ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाा आज स्वदेश फर्किएकी छिन् । 

    आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो आज काठमाडौँ आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी खेल्दै आएकी छिन् ।

    यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केही दिनभित्र यहाँ आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए । पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ । 

    उक्त प्रतियोगिताको टिकेटिङ राइट रु एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट रु ६६ लाखमा बिक्री गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु पाँच सय तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट