images

Sep 30 2026 | २०८३, असोज १४ गते

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँ : अध्यक्ष दाहाल

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँ : अध्यक्ष दाहाल

एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख २० २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख २० २०८२
  • पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँ : अध्यक्ष दाहाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।

    तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताए । “विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भन ।
     
    ‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’
     
    यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्। 
     
    “सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट