images

Sep 30 2026 | २०८३, असोज १४ गते

लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ : विमलेन्द्र निधि

लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ : विमलेन्द्र निधि

एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख २० २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख २० २०८२
  • लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्छ : विमलेन्द्र निधि

    काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउँदै सफल कार्यान्वयनका लागि ट्रेड युनियनको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए । 

    नेपाल श्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘परिवर्तित सन्दर्भ र ट्रेड युनियन आन्दोलन’ विषयक गोष्ठीमा उनले लोकतान्त्रिक राजनीतिक व्यवस्था मजबुद बन्न सके मात्र मजदुरको हकहित सुरक्षित हुने बताए । 

    पूर्वउपप्रधामन्त्री निधिले संविधानका मुख्य पाँच विशेषताहरू गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताको सन्दर्भमा ट्रेड युनियन आन्दोलनको भूमिका केन्द्रित गर्न आह्वानसमेत गरे । “गणतन्त्र, सङ्घीयता र लोकतन्त्र, समावेशिताको पक्षमा ट्रेड युनियनको भूमिका केन्द्रित हुनुपर्छ । त्यहीभित्र नै आफ्नो हक र हितका लागि प्रयास गरिरहनुपर्छ”, उनले भने, “यदि यसमा कुनै पनि किसिमको खतरा आउँछ भने त्यसको बचाउमा ट्रेड युनियनको अभियान केन्द्रित हुनुपर्छ ।”

    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मूलधारका राजनीतिक दल र जनताबीचको बढ्दो दूरीलाई घटाउन संवाद आवश्यक रहेको बताए । राजनीतिक व्यवस्था परिवर्तनपछि थुप्रै विकास र सुधारका काम भए पनि जनताको असन्तुष्टि वृद्धि हुँदै जानाका कारण पार्टीले खोज्नुपर्ने उनको भनाइ थियो । “नेपाली कांग्रेस र नेकपा ९एमाले०को गठबन्धन सरकार सञ्चालनको दश महिना भइसक्यो तर निराशा चिर्न सकेका छैनौँ”, उनले भने, “मूलधारका राजनीतिक दलप्रति जनताको विश्वास घट्दो छ । यो चुनौती सामना गर्न ट्रेड युनियनले पार्टीलाई सहयोग गर्न सक्दछ ।”

    संविधानसभा सदस्य डा बिन्दा पाण्डेले औपचारिक र अनौपचारिक श्रमिकलाई पञ्जीकरण गर्ने विषयमा जोड दिँदै श्रमिक परिचयपत्रको आवश्यकता औँल्याए । उनले वर्तमान सन्दर्भमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको भूमिका प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । 

    प्रतिष्ठानका महासचिव विकास दाहालले आर्थिक उदारीकरण, प्रविधिको प्रभाव र श्रमबजारको परिवर्तनले ट्रेड युनियनको भूमिका र प्रभावकारितामा ल्याएको परिवर्तनबारे चर्चा गरे । उनले यसले  श्रमिक अधिकार, सामूहिक सौदाबाजी र सामाजिक न्यायको लडाइँमा नयाँ आयाम थपेको धारणा राखे ।

    कार्यक्रममा नेपाल शिक्षक सङ्घका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय र नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय सदस्य धुव्रराज पुरीलाई प्रतिष्ठानले अभिनन्दन गरेको थियो । यस्तै, परियोजना व्यवस्थापनसम्बन्धी तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट