सांसद् शर्माले गरे सरकारलाई ५ प्रश्न - सरकार किन गैरजिम्मेवार ?
सांसद् शर्माले गरे सरकारलाई ५ प्रश्न - सरकार किन गैरजिम्मेवार ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रतिनिधिसभाको शून्य समयमा गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा धारणा राख्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
शर्माले शून्यमा उडाउनका लागि भएको भए बन्द गर्न माग गरे। शून्य समयमा राखिएका प्रश्न शून्यमा उडाउनका लागि नभएमा सरकारलाई गम्भीर भएर जवाफ दिन निर्देशन दिन सभामुखलाई आग्रह गरे । उनले भने, ‘सरकार जनताका प्रश्न, जनप्रतिनिधिका प्रश्नको जवाफ दिनसमेत तयार छैन । सरकारको यस्तो गैह्रजिम्मेवारी किन शून्य समय शून्यमा उडाउनका लागि हो भने बन्द गरौँ । होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिन माग गर्दछु ।’
१. नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो ?
२. गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?
३. विश्वविद्यालयका भिसीहरू किन खाली भइरहेका छन् ?
४. स्वास्थ्य बिमा किन भुक्तानी गरिदैँन ?
५। मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् ?
