images

Sep 30 2026 | २०८३, असोज १४ गते

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १६ २०८२
  • महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

    सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरूद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रूपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मूलभूत विषयलाई अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।” 

    संविधानमा उल्लेखित लङैगिक समानताका प्रावधानलाई कार्यान्वयन गर्न र सामाजिक जागरुकता फैलाउनमा यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरेका छन् । लैङ्गिक असमानता र महिलाप्रति हुने सबैखाले अन्यायको अन्त्यका लागि सचेतना फैलाउन, सरकार र सम्बन्धित निकायलाई महिला अधिकारका लागि प्रभावकारी नीति तथा कार्यक्रमका साथ ठोस कार्यान्वयनमा उत्प्रेरित गर्न सके मात्र महिला अधिकार दिवसको सार्थकता थप पुष्टि हुने उनको भनाइ छ । 

    “महिलाहरूलाई आफ्ना अधिकारबारे जानकारी दिने र नेतृत्व, शिक्षा र आर्थिक अवसरमा सहभागी गराउने, लैङ्गिक हिंसा, बालविवाह, दाइजोजस्ता कुप्रथाविरूद्ध सामुदायिक एकताको अपरिहार्यतालाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता पनि हो”, शुभकामना सन्देशमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट