images

Sep 30 2026 | २०८३, असोज १४ गते

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १९ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १९ २०८२
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने : माओवादी केन्द्र

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ । 

    संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको उक्त बैठकले उक्त निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनले भोलि संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बस्ने जानकारी दिए ।

    नेता पुनले भने, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ, यो विपक्षीले भनिरहेका छैनन्, आमजनताले मिडियाले भनिरहेका छन्, त्यसैले उहाँले राजीनामा दिएर अख्तियारलाई छानबिनमा सहयोग गर्नुपर्छ ।” 

    भिजिट भिसाको सन्दर्भमा सेटिङ भएको र अनियमितता भएको स्पष्ट तथ्य स्थापित रहेकाले त्यस विषयमा छानबिन हुनुपर्ने दलको बैठकले आज स्पष्ट निर्णय गरेको उनले जानकारी दिए । 

    उनले हालसम्म सबै कोणबाट हेर्दा गृहमन्त्रीले राजीनामा दिने विषयबाट माओवादी पछि नहटेको र को तानिन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताए ।

    “तर आजको विषयलाई विषयान्तर गर्न हुँदैन, आजको तथ्य स्थापित छ की अनियमितता भएको छ, हजारौँ मान्छेलाई सेटिङमा पठाइएकोे छ, जो सेटिङमा परेनन् उनीहरुलाई फिर्ता गरिएको छ, दुःख पनि दिइएको छ”, पुनले भने, “गृहमन्त्रीलाई दोषी भनिएको छैन, छानबिनका लागि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको निर्णय भएको छ ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट