images

Sep 30 2026 | २०८३, असोज १४ गते

संसद बैठकअघि रणनीति बनाउन विपक्षी दलहरू छलफलमा

संसद बैठकअघि रणनीति बनाउन विपक्षी दलहरू छलफलमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २० २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २० २०८२
  • संसद बैठकअघि रणनीति बनाउन विपक्षी दलहरू छलफलमा

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । मंगलबार संसद बैठकअघि संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा विपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन् ।

    विपक्षी दलको बैठकमा राप्रपालाई भने बोलाइएको छैन । राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी रहेकाले राप्रपालाई विपक्षी दलको बैठकमा नबोलाइएको हो ।

    बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपालगायत दलका नेताहरू सहभागी छन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार संसदमा अवरोध गर्दै आएका छन् ।

    यसअघि सोमबार सिंहदरबारमा सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट