images

Sep 30 2026 | २०८३, असोज १४ गते

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन: प्रचण्ड

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन: प्रचण्ड

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २८ २०८२
  • मुलुक पुरानो व्यवस्थामा फर्किंदैन: प्रचण्ड

    म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक कुनै पनि हालतमा पुरानो व्यवस्थामा नफर्कने बताएका छन् ।

    अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन् ।

    ‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ’, उनले भने’ मुलुकमा कुनै पनि हालतमा पुरानो व्यवस्था फर्कँदैन ।’

    साथै, उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट