images

Sep 30 2026 | २०८३, असोज १४ गते

कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा

कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३० २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३० २०८२
  • कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा

    ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताएका छन् ।

    राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेका भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताए । 

    “अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ ।  नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरु विस्तार गर्नुपर्छ”, सभापति देउवाले भने।

    राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उनले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट