images

Sep 30 2026 | २०८३, असोज १४ गते

देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ : उपमहासचिव ज्ञवाली

देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ : उपमहासचिव ज्ञवाली

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ३१ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ ३१ २०८२
  • देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ : उपमहासचिव ज्ञवाली
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् । 
     
    प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताए । 
     
    “कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ”, उनले भने, “प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ । हामीबीच सहकार्य आवश्यक छ ।”उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए । 
     
    उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए । उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए ।  
     
    एमाले निर्वाचन आयोगका प्रमुख  विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए।
     
    एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे । 
     
    सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग सङ्गठनबाट उपलब्ध हुँदै आएको बताए । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट