images

Sep 30 2026 | २०८३, असोज १४ गते

रास्वपाको अवरोधबारे सभामुखले थाले छलफल, निलो रिबनमा दलहरूको आपत्ति

रास्वपाको अवरोधबारे सभामुखले थाले छलफल, निलो रिबनमा दलहरूको आपत्ति

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ३ २०८२
  • रास्वपाको अवरोधबारे सभामुखले थाले छलफल, निलो रिबनमा दलहरूको आपत्ति

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल थालेका छन् ।

    छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् । यसैबीच, विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसद निलो रिबनमा संसद् प्रवेश गरेको विषयमा सभामुखको ध्यानाकर्षण गराएको सभामुखको सचिवालयले जनाएको छ । उनीहरूले संसद्‌मा अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरेका छन् ।

    जवाफमा सभामुखले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको सभामुखको सचिवालयले जनाएको छ । संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै उनले आफू स्वनियमनको पक्षमा रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट