images

Sep 30 2026 | २०८३, असोज १४ गते

शेखर समूहको निष्कर्ष : अनुशासनको कारवाही अवैधानिक, स्वीकार नगर्ने

शेखर समूहको निष्कर्ष : अनुशासनको कारवाही अवैधानिक, स्वीकार नगर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २६ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २६ २०८२
  • शेखर समूहको निष्कर्ष : अनुशासनको कारवाही अवैधानिक, स्वीकार नगर्ने

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरूमाथि गरेको कारबाही अवैधानिक र विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ। आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन गरेको आरोप पनि लगाएको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नु पर्नेमा सो अनुसार नभएको बताए ।

    नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए । बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय भएको विषयमा पनि छलफल भएको सांसद बजगाईंले जानकारी दिए ।

    ‘यो कारबाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भङ्ग गर्‍यो भन्ने विषयमा छलफल चलेको छ’ उनले भने, ‘पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिएपछि एउटा बृहत् भेला गर्नेबारे पनि छलफल भएको छ ।’ काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति नोट अफ डिसेन्ट नै लेखेको जानकारी दिएका थिए । बैठकमा सहभागी अर्का नेता अर्जुननरसिंह केसीका अनुसार अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको बारे छलफल भएको बताए । ‘पूर्वाग्रहपूर्ण तरिकाले ठूला ठूला योगदान दिएका साथीहरूलाई कारबाही भएको छ, पुनरावेदन दिएपछि यसबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्छौं,’ उनले भने, ‘हामी ती साथीहरूलाई अन्याय हुन दिंदैनौं ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट