images

Sep 30 2026 | २०८३, असोज १४ गते

रास्वपाको प्रश्न– मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?

रास्वपाको प्रश्न– मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३० २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३० २०८२
  • रास्वपाको प्रश्न– मानव तस्कर र भ्रष्टाचारीलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने रक्षा कवचजस्तो देखिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले स्पेन प्रकरणले भिजिट भिसासम्बन्धी अपराधलाई थप पुष्टि गरेको बताए ।

    ‘‘के सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने रक्षा कवच हो ? वा सिर्जित समस्या हो ? यो प्रश्न जनताले उठाउन थालेका छन् । मानव तस्करीविरुद्ध हामी यस सदनमा ४७ दिनदेखि आवाज उठाइरहेका छौँ । यो विषय अब सडक र नागरिक समाजमा पुगेको छ । स्पेनको सेभियामा भएको पछिल्लो घटनाले यो अपराध कति गहिरो र योजनाबद्ध छ भन्ने पुष्टि गरिरहेको छ,’’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट