images

Sep 30 2026 | २०८३, असोज १४ गते

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २ २०८२
  • एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

    काठमाडौँ । आसन्न विधान महाधिवेशनमा प्रस्तुुत गरिने प्रस्तावहरुका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले को पोलिटब्युुरो बैठक आज बस्दैछ ।

    पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको सचिवालय बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।

    विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो ।

    एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ ।

    विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट