लिङ्देनले गिरीलाई पदमुक्त गरेपछि नेताहरूले दिए आयोगमा उजुरी
लिङ्देनले गिरीलाई पदमुक्त गरेपछि नेताहरूले दिए आयोगमा उजुरी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि पार्टीका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरूले निर्वाचन आयोगमा पुगेर कारबाहीविरुद्ध उजुरी दिएका हुन्।
लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए। महामन्त्री डा धवलशम्शेर राणालगायत आफू पक्षका नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेर उनले उजुरी गरेका हुन् ।
पार्टीलाई प्रक्रियागत र विधान अनुसार चलाउन माग गर्दा अवैधानिक रुपमा कारबाही गरिएको भन्दै गिरीले आयोगसम्म पुगेको प्रतिक्रिया दिएका छन् । गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरुले अपीलसमेत गरेका छन् ।
यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदी पनि कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका थिए ।
