images

Sep 30 2026 | २०८३, असोज १४ गते

मन्त्री हेरफेरको कुरा हल्ला हो : मन्त्री पाण्डे

मन्त्री हेरफेरको कुरा हल्ला हो : मन्त्री पाण्डे

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ६ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ६ २०८२
  • मन्त्री हेरफेरको कुरा हल्ला हो : मन्त्री पाण्डे

    चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन्। आज मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताएका हुन् । 

    उनले भने, “मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन ।” अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए । 

    सरकार एक वर्ष अझै जाने बताउँदै उहाँले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए । बाहिरी हल्लाको कुनै सत्यता नरहेको उनको भनाइ थियो । उनले भने, “प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ ।”

    फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए । उनले भने, “सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ ।” कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट