कांग्रेस पदाधिकारी बैठकमा मन्त्री हेरफेरको विषयले पाएन प्रवेश
कांग्रेस पदाधिकारी बैठकमा मन्त्री हेरफेरको विषयले पाएन प्रवेश
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा मन्त्री हेरफेरको विषयले ठाउँ नै पाएन ।
शुक्रबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा मन्त्री हेरफेरको विषय नै नउठेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी र ऊर्जामन्त्री दीपक खड्का पनि सहभागी थिए ।
