images

Sep 29 2026 | २०८३, असोज १३ गते

वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास, राजीनामा नदिएपछि मन्त्रीहरुले नै छोडे

वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास, राजीनामा नदिएपछि मन्त्रीहरुले नै छोडे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ९ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ९ २०८२
  • वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास, राजीनामा नदिएपछि मन्त्रीहरुले नै छोडे

    काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग असन्तुष्ट कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएका छन् । कांग्रेसले मुख्यमन्त्री फेर्ने प्रयासस्वरुप मन्त्रीहरुलाई राजीनामा गराएको खुलेको छ । मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरु उनीसँग रुष्ट थिए । कांग्रेस नेतृत्व पनि उनलाई निरन्तरता दिने पक्षमा नरहेको बुझिएको छ । सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा गर्न सुझाव दिए पनि उनले नमानेको स्रोतले बतायो ।

    कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ । बानिया बाग्मती कांग्रेसका प्रदेश सभापति पनि हुन् । २०७९ पुस १३ गते भएको निर्वाचनमा बानियालाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बाग्मतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ । कांग्रेसका ३७ जना सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट