images

Sep 29 2026 | २०८३, असोज १३ गते

कञ्चनपुरमा अखिल क्रान्तिकारीको बैठकमा ढुङ्गा हानाहान, प्रदेश इन्चार्ज गम्भीर घाइते

कञ्चनपुरमा अखिल क्रान्तिकारीको बैठकमा ढुङ्गा हानाहान, प्रदेश इन्चार्ज गम्भीर घाइते

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
  • कञ्चनपुरमा अखिल क्रान्तिकारीको बैठकमा ढुङ्गा हानाहान, प्रदेश इन्चार्ज गम्भीर घाइते

    कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीको आन्तरिक छलफल चलिरहँदा ढुङ्गा र कुर्सी हानाहान भएको छ ।

    अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट र उपमहासचिवमै पराजित भुवनसिंह बिष्टबीचको विवाद हानाहानमा परिणत भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार ढुङ्गा प्रहारबाट घाइते भएका भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

    उनलाई बिष्टले ढुङ्गा प्रहार गरेका थिए । माओवादी केन्द्र भीमदत्त नगर कमिटीका सदस्यसमेत रहेका बिष्ट पनि घाइते भएका छन् । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बिष्ट कुटपिटमा संग्लन रहेको देखिएकोले उनीमाथि निगरानी भइरहेको डीएसपी बोहराले जानकारी दिए ।

    भट्ट र बिष्टबीच गत वर्ष माघमा भएको राष्ट्रिय सम्मेलनदेखि नै विवाद हुँदै आएको छ । उक्त सम्मेलनमा दुवै जना उपमहासचिवका उम्मेदवार थिए । भट्ट निर्वाचित भएका थिए भने बिष्ट पराजित भएका थिए ।

    यस्तै बिष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको छ । जिल्ला पार्टीले बिष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    mc-kanchanpur-1753678397.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट