images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसको दोहोरो चरित्र देखियो : एमाले नेता भट्टराई

कांग्रेसको दोहोरो चरित्र देखियो : एमाले नेता भट्टराई

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
  • कांग्रेसको दोहोरो चरित्र देखियो : एमाले नेता भट्टराई

    काठमाडौँ । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले भूमि र शिक्षासम्बन्धी विधेयकमा सत्ता साझेदार नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै कडा रूपमा आलोचना गरेका छन्। 

    भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत कांग्रेसले भूमि र शिक्षासम्बन्धी विधेयकमा ‘तल्लो स्तरको राजनीतिक दाउपेच’ गरेको टिप्पणी गरेका हुन्। 

    ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरूमाथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो’, उनले लेखेका छन्, ‘माथि संयन्त्रमा एउटा कुरा बाहिर आएपछि अर्को? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्यांकननको विषय हो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट