images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादीबाट एकताको प्रस्ताव आएको छ : उपाध्यक्ष ज्वाला

माओवादीबाट एकताको प्रस्ताव आएको छ : उपाध्यक्ष ज्वाला

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १३ २०८२
  • माओवादीबाट एकताको प्रस्ताव आएको छ : उपाध्यक्ष ज्वाला

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् ।

    पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी भने एकताका लागि तयार नरहेको बताए ।

    ‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं,’ ज्वालाले भने, ‘बरु समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’

    उनले समाजवादी अरू पार्टीसँग एकीकरण गर्ने भन्दा पनि आफ्नै पार्टीलाई कसरी बलियो बनाउने भन्नेमै रहेको बताए ।
    ‘हामीले एमालेसँग मिल्ने माओवादीसँग मिल्ने भनेर छलफल गरेका छैनौं,’ उनले भने, ‘हामीबीच हाम्रो पार्टी बनाउने भनेर नै छलफल हुन्छ । पार्टी अधिवेशन कसरी गर्ने भनेर नै छलफल हुन्छ ।’

    पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका बारेमा छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट