images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस-एमालेबिच भएको सहमति अनुसार सरकार अघि बढ्न सकेन : डा कोइराला

कांग्रेस-एमालेबिच भएको सहमति अनुसार सरकार अघि बढ्न सकेन : डा कोइराला

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १४ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १४ २०८२
  • कांग्रेस-एमालेबिच भएको सहमति अनुसार सरकार अघि बढ्न सकेन : डा कोइराला

    विराटनगर ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।  उनले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको बताए ।  संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत एक महिना बितिसक्दा पनि गठन हुन नसकेको उनले बताए । 

    लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै उनले राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए। 'नैतिकता बिनाको राजनीति हामीले गर्न थाल्यौँ भने राजनीति धरापमा पर्छ,' कोइरालाले भने। उनले संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना वरिष्ठ व्यक्तिहरू हुने व्यवस्था रहेको तर अध्यादेशमार्फत दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको प्रावधानलाई खतरनाक भने। राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि उनले गम्भीर चासो व्यक्त गरे। 

    डा कोइरालाले हालै पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँगको भेटघाटलाई  कुनै नयाँ कुरा नभएको जिकिर गरेर । 

    'हामी राजनीति गर्दैछौं। म नेपाली कांग्रेसमा छु, कोही एमालेमा होला, कोही माओवादीमा होला, कोही अन्य दलमा होला। हामीहरूले भेट गरिरहनुपर्छ,' उनले भने। 

    उनले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताए। संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने कुरामा उनले जोड दिए।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट