images

Sep 29 2026 | २०८३, असोज १३ गते

जनताले सुशासनको अनुभूति गर्न पाएनन् : शेखर कोइराला

जनताले सुशासनको अनुभूति गर्न पाएनन् : शेखर कोइराला

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १८ २०८२
  • जनताले सुशासनको अनुभूति गर्न पाएनन् : शेखर कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन्।

    आइतबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको बताएका हुन्।

    उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे। कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुन: आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।

    मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट