माओवादीको स्थायी कमिटी बैठक आज पनि, प्रचण्डले जवाफ दिने
माओवादीको स्थायी कमिटी बैठक आज पनि, प्रचण्डले जवाफ दिने
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । गत शुक्रबारबाट जारी बैठक आज समापन हुन लागेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघिका बैठकहरुमा स्थायी कमिटी सदस्यहरुले विभिन्न विषयवस्तुमाथि प्रश्न उठाएका थिए । आज प्रचण्डले ती प्रश्नको जवाफ दिँदै बैठक समापन हुनेछ ।
बैठक बिहान ११ बजे माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
