images

Sep 29 2026 | २०८३, असोज १३ गते

रविप्रति शाहीको कटाक्ष : भगौडाहरूले सहकारी डुबाएर नयाँ पार्टी खोले

रविप्रति शाहीको कटाक्ष : भगौडाहरूले सहकारी डुबाएर नयाँ पार्टी खोले

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १९ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १९ २०८२
  • रविप्रति शाहीको कटाक्ष : भगौडाहरूले सहकारी डुबाएर नयाँ पार्टी खोले

    काठमाडौँ । सहकारी डुबाएर खोलिएको दल भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति नेकपा एमालेका सांसदले कडा टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद दयालबहादुर शाहीले रास्वपालाई सहकारी डुबाएर खोलिएको पार्टी भनेर कटाक्ष गरेका हुन् ।

    रास्वपा सभापति रवि लामिछानेलाई उनले भगौडाको संज्ञा दिए । ‘संकटकालमा देश छाडेर विदेश गएको भगौडाले नयाँ पार्टी खोले र सहकारी डुबाएर पार्टी खोले । तामझामसहित जीबीको पैसाले बर्खाका च्याउ उम्रिए,’ शाहीले भने । नेपालमा माओवादी जनयुद्ध शुरू भएपछि लागेको संकटकालका बेला लामिछाने अमेरिका गएकोतर्फ कटाक्ष गर्दै शाहीले भगौडाको संज्ञा दिएका हुन् ।

    सांसद शाहीले कुनै योगदान र निष्ठा नभएकाले रास्वपाले संसद् बहिष्कार गरेको टिप्पणी गरे । ‘संसद् बहिष्कारको आवाज छ । जसलाई निष्ठा हुँदैन, उसले बहिष्कार गर्छ । बहिष्कारवादीको गुरु माओवादी अर्काको पार्टीको धमिलोमा दाउ हेरिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट