images

Sep 29 2026 | २०८३, असोज १३ गते

रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्छ : रास्वपा

रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्छ : रास्वपा

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २१ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २१ २०८२
  • रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिनुपर्छ : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमन्त्री छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

    हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए । निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो ।

    उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।

    हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए । ‘हिजो समयाभावका कारणले यो विषयमा छलफल गर्न भ्याइएन । अर्को वैठकमा थप छलफल गरेर विधान संसोधन हुन्छ,’ उनले भने ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।

    बैठकले रुपन्देहीमा उपचुनाव लड्ने हेतु पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गर्‍यो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट