images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसदमा गोकुल बाँस्कोटाको प्रश्न-संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?

संसदमा गोकुल बाँस्कोटाको प्रश्न-संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २१ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २१ २०८२
  • संसदमा गोकुल बाँस्कोटाको प्रश्न-संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?

    काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय अब बाहिर आउनुपर्ने बताएका छन्।

    मंगलबार (आज) बसेको संसद् बैठकमा बोल्दै सांसद बाँस्कोटाले संविधान संशोधन मुद्दाको खोजी गरेका हुन्।

    ‘यो समीकरणले केही कुराहरू उठाएको थियो तर, भन्नुपर्छ कि संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ, ’उनले भने।

    यस्तै उनले सरकारले आफूलाई सुधार्ने र समीक्षा गर्ने कुरामा कञ्जुस्याइँ गर्न नहुने बताएका छन्। ‘हामीले आफूले आफूलाई पनि समीक्षा गर्नुपर्छ। सुधार्नुपर्ने ठाउँहरूमा सुधार्न तयार हुनुपर्छ। सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ, ’उनले भने।

    सांसद बाँस्कोटाले अहिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने काम कतिपय शक्तिहरूले गरिरहेको उनले बताए। ‘लोकतान्त्रिक व्यवस्थामा अहिले एउटा के कुरा गर्न खोजिँदै छ भने संस्था बनिसकेका शक्ति र राजनीतिक दलहरूलाई कमजोर बनाउनका लागि कसैले केही गरेन भन्ने जुन कुरा गरिँदै छ, यो लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने कुरा पनि हो। पङ्गु बनाउने कुरा हो यो। यो अरूलाई दोष थोपरेर आफू बलशाली हुने कुरा पनि हो, ’उनले भने।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट