Aug 11 2026 | २०८३, साउन २६ गते

प्रतिबन्धित औषधि बेच्ने मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना पक्राउ

प्रतिबन्धित औषधि बेच्ने मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २२ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २२ २०८२
  • प्रतिबन्धित औषधि बेच्ने मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना पक्राउ

    झापा । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुईजना ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।

    images

    लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार राति ११ बजेतिर कमल गाउँपालिका–६ काटाचोक निवासी विष्णु प्रसाद बगालेको घरमा तलासी गर्दा प्रतिबन्धित औषधि फेला परेको थियो ।  

    उक्त घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३०००,डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६ थानारोडका गंगा बहादुर खड्कालाई  इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट