images

Sep 30 2026 | २०८३, असोज १४ गते

सभापति देउवाले गरे महामन्त्रीद्वय थापा र शर्मासँग छलफल

सभापति देउवाले गरे महामन्त्रीद्वय थापा र शर्मासँग छलफल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
  • सभापति देउवाले गरे महामन्त्रीद्वय थापा र शर्मासँग छलफल

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका छन् । बुढानिलकण्ठस्थित् आफ्नो निवासमा शुक्रबार सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् ।

    बिहीबार गृहमन्त्री रमेश लेखकले पनि महामन्त्रीद्वय शर्मा र थापासँग एक पाँचतारे होटलमा डिनर मिटिङ गरेका थिए । त्यसको भोलिपल्ट शुक्रबार देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन् ।

    छलफलमा उपसभापति पूर्णबहादुर खड्का पनि छन् । सरकारले ल्याएका विधेयकहरू विवादमा परेपछि शर्मा र थापाले सार्वजनिक रुपमा त्यसको विरोध गर्दै आइरहेका छन् ।

    कुलिङ पिरियड छेडखानीमा सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको पनि गल्ती भेटिएपछि अहिले उनलाई पद छोड्नुपर्ने पार्टीभित्रैबाट दबाब सिर्जना भएको छ ।

    खतिवडालाई कुलिङ अफ पिरियडमा समिति र प्रतिनिधिसभाले पास गरेको व्यवस्था निष्क्रिय पार्ने वाक्यांश परेको विषयमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार भएको ठहर गरेको छ ।

    भूमिसम्बन्धी विधेयकमा पनि महामन्त्रीद्वयले असन्तुष्टि राखेका छन् । महामन्त्रीहरूले सार्वजनिक रूपमै सरकारको आलोचनालाई तीव्र पारेपछि देउवाले उनीहरूसँग छलफल गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट