images

Sep 30 2026 | २०८३, असोज १४ गते

माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए ओलीले पुरस्कार दिन बेर छैन

माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए ओलीले पुरस्कार दिन बेर छैन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
  • माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए ओलीले पुरस्कार दिन बेर छैन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १६ वर्षमै सन्तान जन्माएमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार दिनसक्ने भन्दै कटाक्ष गरेका छन्। 

    शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने टिप्पणी गरेका हुन्।

    केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेका थिए। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेपालले उक्त टिप्पणी गरेका हुन्।

    उनले भने, ‘अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुशी नै होलान्। पुरस्कार दिन बेर छैन। तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट