images

Sep 30 2026 | २०८३, असोज १४ गते

रविको समर्थनमा ३२ लाख जनाले गरे हस्ताक्षर, भोलि रविको ‘कट आउट’मा राखी बाँध्न रास्वपाको आह्वान

रविको समर्थनमा ३२ लाख जनाले गरे हस्ताक्षर, भोलि रविको ‘कट आउट’मा राखी बाँध्न रास्वपाको आह्वान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २३ २०८२
  • रविको समर्थनमा ३२ लाख जनाले गरे हस्ताक्षर, भोलि रविको ‘कट आउट’मा राखी बाँध्न रास्वपाको आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ।

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकले हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः समितिमा ल्याउने निर्णय गरेको हो।

     त्यस्तै, रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा काठमाडौंका श्याम बाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा नवलपुरका गोकुल सापकोटा र श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा नवलपुरकै ललित श्रेष्ठलाई मनोनीत गरिएको छ। 

    बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरिएको हस्ताक्षर अभियानको अद्यावधिक विवरण पनि प्रस्तुत गरिएको थियो।

    श्रावण २३ गतेसम्म ३२ लाख ६ हजार ६ सय ८ जनाको हस्ताक्षर संकलन भएको र सहयोगस्वरूप ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ।

    रास्वपाले शनिबार जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा लामिछानेको ‘कट आउट’ फोटोमा राखी बाँध्ने तयारी गरेको छ। भोलि वनस्थलीस्थित घण्टीघर र भैरहवा कारागार गेटअगाडि रास्वपाले रक्षाबन्धन कार्यक्रम गर्ने भएको हो। 

    रास्वपाले उनको फोटोमा राखी बाँधेर अन्यायविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन आह्वान समेत गरेको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट